खेलकुद

नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

भक्तपुर, ५ फागुन । नेक्सस् क्रिकेट एकेडेमीको आयोजनामा आगामी चैत १५ देखि बैशाख ५ गते सम्म नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेटको विकासका लागि स्कुलस्तरबाटै प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

रफत सञ्चार क्लवमा भएको पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक एवं नेक्सस् क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले आईसिसिद्वारा निर्धारित निमयअनुसार खेलहरु संचालन हुुने जानकारी दिनुभयो । नेक्सस् क्रिकेट एकेडेमीले शोभाज स्पोर्टस प्रा.लि.को सहकार्यमा लिग तथा नकआउटको आधारमा प्रतियोगिता गर्न लागेको हो । हाल देशभर निजी एवं सामुदायिकस्तरबाट सञ्चालित क्रिकेट एकेडेमी तथा क्लवहरुमध्येबाट न्यूनतम ३२ टिमका ४ सय ४८ खेलाडीहरु प्रतियोगितामा सहभागि हुनेछन् । प्रतियोगितामा चार पुल बनाई हरेक पुलमा ८ टिमहरु हुने र हरेक टिमले लिंग चरणमा ७÷७ खेलहरु खेल्नेछन् ।

प्रतियोगितामा यू–१६ का मात्र खेलाडीहरु सहभागि गराउने उद्देश्यले संचालन गरिएको सो प्रतियोगितामा उमेर प्रमाणितका लागि कक्षा ८ को जिल्लास्तरीय परिक्षाको प्रमाणपत्र वा लब्धांक पत्रमा उल्लेखित जन्म मिति र बोन टेस्ट रिपोर्टलाई आधार मानिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि सम्पूर्ण टिमहरुले प्रति टिम तीस हजार सहभागी शुल्क तिर्नुपर्नेछ । अध्यक्ष शाहीका अनुसार सहभागीलाई आयोजकको तर्फबाट आवासको मात्र ब्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

करिब ५८ लाख लागतमा हुने सो प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार नगद सहित वेइनर ट्रफी, दोस्रो हुनेलाई १ लाख रुपैयाँ नगद सहित रनर अफ टर्फी, तेस्रो हुेनलाई भ्यान अफ द सिरिजसहति २० हजार र मेमेन्टो, इर्मजीङ प्लेअरलाई १५ हजारसहित मेमेन्टो, वेस्ट बोलरलाई १० हजारसहित मेमेन्टो, वेस्ट ब्यास्टमेनलाई १० हजारसहित मेमेन्टो र भ्यान अफ द म्याचलाई मेमेन्टो पुरस्कार रहेको आयाोजकले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा