खेलकुद

नेदरल्याण्डका भलिबल प्रशिक्षक म्याट भान विजल नेपाल आउदै

एजेन्सी, ८ साउन । नेदरल्याण्डका विश्वस्तरीय भलिबल प्रशिक्षक म्याट भान विजल भोलि नेपाल आउने भएका छन् ।

विजल अन्तर्रा्ष्ट्रिय भलिवल महासंघको सहयोगमा नेपालमा भलिवल खेलको विकास गर्ने उद्धेश्यले नेपाल आउन लागेका हुन् । उनले नेपाल बसाईको क्रममा नेपाली पुरुष भलिवल खेलाडीहरुलाई प्रशिक्षण दिनेछन् । उनका साथै फिभका विकास सदस्य तथा नेदरल्याण्ड भलिवल संघका विकास व्यवस्थापक पिटर भान तरेल समेत नेपाल आउने कार्यक्रम रहेको छ ।

विजलको भ्रमणको व्यवस्थापनका क्रममा नेदरल्याण्ड भलिवल संघले उनको आवतजावतका लागि हवाई टिकटको व्यवस्था गरेको छ भने फिभले नेपालमा प्रशिक्षण गर्दाको पारिश्रमिक व्यहोर्ने नेपाल भलिवल संघले जनाएको छ । विजल नेपाल र बंगलादेशबिच भदौ १३ र १४ गते आयोजना हुने मैत्रीपूर्ण खेलसम्म नेपालमा बस्ने कार्यक्रम रहेको छ । नेपाल बसाईकै क्रममा विजलले पाँच स्कूलका भलिवल खेलाडीहरुलाई समेत प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको नेपाल भलिवल संघले जानकारी गराएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा