खेलकुद

नेपालकाे छनाेट सम्भावना न्यून, अफगानिस्तानले ब्याटिङ राेज्याे

काठमाडौं, १० साउन । सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले आफ्नो अन्तिम खेलमा आज अफगानिस्तानको सामना गरिरहेकाे छ । खेलमा अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ रोजेको छ।

पछिल्ला ५ खेलमा टस जितेको नेपालले ४ खेलमा फिल्डिङ रोजेको थियो भने सिंगापुरविरुद्ध दोश्रो चरणमा ब्याटिङ रोजेको थियो। १० अंक बोकेर शीर्ष स्थानमा रहेको अफगानिस्तानले विश्वकपमा स्थान बनाउने लगभग पक्का भइसकेको छ।

८ अंक बोकेको नेपालभन्दा धेरै राम्रो रन रेट भएकाले नेपालले जित हात पारे पनि उक्त नतिजा पर्याप्त हुने छैन। नेपालले पछिल्लो खेलबाट २ परिवर्तन गरेको छ। पवन शर्रफ र आसिफ शेख टोलीमा फर्किएका छन् भने आदील खान र रिजन ढकाल बाहिरिएका छन्।

यसअघि सोमबार भएको खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले चौथो जित निकालेको थियो । जसमा कप्तान सन्दीप एक्लैले सात विकेट लिए । ९.१ ओभर बलिङ गरेका सन्दिपले १ मेडनसहित १३ रनमात्र खर्चेका थिए । उनी खेलको म्यान अफ दी म्याच बने ।

जारी प्रतियोगितामा सन्दिप तेस्रो पटक म्यान अफ दी म्याच बनेका हुन् । नेपालले हालसम्म ५ खेलमा ४ मा जित र १ खेलमा हार ब्यहोरेको छ । छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा