खेलकुद

नेपालले आज मलेसियाको सामना गर्दै

काठमाडौं, ८ मंसिर । आइसिसी महिला विश्व टी–२० को एसिया छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले मलेसियाको सामना गर्ने भएको छ । यसअघि युएईले नेपाललाई ५ रनले पराजित गरेको छ। पराजयसँगै नेपालको टी–२० विश्वकप छनोट खेल्ने सम्भावना कठिन बनेको छ। २ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौं स्थानमा छ।
यसअघि नेपाल लगातार २ खेलमा बराबरीमा रोकिएको थियो। पहिलो खेल नेपाल र आयोजक थाइल्यान्डले अंक बाँडेका थिए। नेपाल र हङकङबीच मंगलबारका लागि तय भएको खेल चिसो मैदानका कारण रद्द भएपछि दुवै टिमलाई समान १–१ अंक दिइएको थियो।
छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष २ टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछन्।
छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन्। नेपालले आफ्नो अन्तिम खेलमा मंसिर १० गते आइतबार छिमेकी राष्ट्र चीनको सामना गर्ने भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा