खेलकुद

नेपालसामु १ सय ९६ रनको विजयी लक्ष्य

काठमाडौं, १० साउन । सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले आफ्नो अन्तिम खेलमा आज अफगानिस्तानको सामना गरिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको छ । अफगानिस्तानका लागि ओपनर इब्राहिमले शतकीय पारि खेलेका थिए । १ सय १४ बलको सामना गरेका उनले ७ चौका र ५ छक्काको मद्दतले १ सय १ रन बनाएका हुन् ।

नेपालका लागि साहब आलमले ४ विकेट लिएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सन्दिप लामिछाने र पवन शर्राफले समान १–१ विकेट लिए । पाँच खेलमा जित हात पारेको अफगानिस्तान १० अंकसहित शीर्षस्थानमा छ भने नेपाल ८ अंकसहित दोश्रो स्थानमा रहेको छ ।

अंक तालिकामा शीर्ष स्थानमा रहने टोलीमात्र विश्वकपका लागि छनोट हुने प्रावधान रहेको हुँदा नेपालको छनोटको सम्भावना न्यून रहेको छ । छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा