खेलकुद

नेपाली क्रिकेट टोली हङकङ प्रस्थान

काठमाडौ, २३ असोज । हङकङमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलमा भाग लिने नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आज विदाई गरिएको छ ।

हङकङ विरुद्धको खेल खेल्न जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आज काठमाडौंमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले विदाइ गर्नु भएको हो ।

खेलमा जित हांसिल गर्ने नेपाली टिमको लक्ष्य छ । तयारी राम्रो भएकाले जित हांसिल गर्ने अपेक्षा गरिएको नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले बताउनु भयो ।

खेल आगामी शुक्रबार र आइतबार हुँदैछ । यसपटकको टिममा अनुभवी र नयाँ खेलाडीको मिश्रण रहेको छ । केहि खेलाडी अन्डर नाइन्टिन टिमका पनि रहेका छन । स्वास्थ्य अवस्थाका कारण अनुभवी खेलाडी शक्ति गौचन भने यसपटक टिममा सहभागी हुन सक्नु भएको छैन । नेपाली टिम मंगलबार हङकङ प्रस्थान गर्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा