खेलकुद

नेपाली टोली विहीबार युएई जाँदै

काठमाडौं, २८ असार । राजुकाजी शाक्यको मुख्य प्रशिक्षणमा रहेको नेपाली यु–२३ फुटबल टोली बिहीबार युएई जाने भएको छ । यही शनिबारदेखि हुने एएफसी च्याम्पियनसिप फुटबल छनोट चरणको तयारीका लागि नेपाली टोली युएई जान लागेको हो ।

प्रतियोगिताको तयारी स्वरुप बंगलादेश र नेपालले मंगलबार एन्फा मैदानमा मैत्रीपूर्ण खेल खेलेका थिए । खेलमा नेपाली टोली १–० गोल अन्तरले विजयी भयो । नेपालको जितमा कप्तान विमल घर्तीले २० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

एएफसी च्याम्पियनसिपको समूह ‘डी’मा रहेको नेपालले शनिबार आयोजक युएईसँग खेल्नेछ । त्यस्तै, साउन २ गते उज्वेकिस्तान र साउन ४ गते लेवनानसँग खेल्नेछ । समूह ‘ई’मा रहेको बंगलादेशले भने जुलाई १९ देखि हुने छनोट खेलमा जोर्डन, ताजकिस्तान र प्यालेस्टाइनको सामना गर्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा