खेलकुद

नेपाल पुलिस क्लब बूढासुब्बा गोल्डकपको क्वाटरफाइनलमा

सुनसरी, ६ फागुन । सडनडेथका आधारमा विभागीय टिम नेपाल पुलिस क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
धरान १७ पूर्वाञ्चल एन्फा एकाडेमीको खेल मैदानमा शुक्रबार भएको खेलमा आयोजक धरान फुटबल क्लब पहेलोलाई ५–४ को अन्तरले विजयी गर्दै पुलिस
क्वार्टर फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा खेलको १६ औं मिनेटमा धरानका क्याप्टेन योगेश राईले गोलको खाता खोलको थिए ।
एक गोलसंीगै जित सुनिश्चित बन्दै गएको अवस्थामा प्रहरीका तर्फ खेल सकिन १ मिनेट बाकी विक्रम धिमालले १ गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । विपक्षी टिमका तीर्थ बस्नेतले फल खेलेपछि पाएको प्रिकिकलाई सदुपयोग गदैै पुलिसका धिमालले हेडिङमार्फत गोल गरेका थिए ।
खेल अवधिभर दुवै टिम एक एक गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा दुवैतर्फबाट ५÷५ गोल भएपछि खेल सडनडेथमा गएको थियो ।
सडनडेथमा पुलिसकातर्फ ५ गोलमध्ये सबै गोल गोलमा परिणत भएपछि धरानको तर्फबाट विवेक राईले गोल गर्न नसक्दा खेल ५–४ को अन्तरले टुंगिएको थियो
। आजको खेलको म्यान अफ द म्याच धरानका हेम लिम्बु घोषित भए । उनले ५
हजार नगदसहित ट्रफी र प्रमाणपत्र हात पारे । शनिवार कांकडभिट्टा ट्रेनिङ सेन्टर र रुपन्देही ११ बीच हुने आयोजकले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा