खेलकुद

नेपाल पुलीस क्लव बुढासुब्बा गोल्डकपको फाइनलमा

सुनसरी, १२ फागुन । अघिल्लो वर्षको उप–विजेता बिभागीय टिम नेपाल पुलिस धरानमा जारी १९ औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा सम्पन्न अन्तिम सेमीफाइनल खेलमा पुलिसले आयोजक धरान फुटबल क्लबलाइ ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा संकटा क्लब काठमाण्डौं संगको भेट पक्का गरेको हो ।
धरान स्थित एन्फा टेक्निकल मैदानमा भएको खेलमा पुलिसका लागि जुमानु राईले दुई गोल गरे भने अर्को गोल मानबहादुर परियारले गरेका थिए । धरान फुटवल क्लवका लागि भने सान्त्वना गोल रेजिन सुब्बाले गरेका थिए । खेल सुरु भएको ३१ औ मिनेटमा पुलिसका लागि मानबहादुर परियारले हेड मार्फत गोल गरेका थिए ।
गोल भएको ६ मिनेट नबित्दै धरानका रेजिनले बराबरी गरेपनि जुमानु राईले २ गोल गरि विजयी बनाए । फाइनल खेल संकटा क्लब काठमाण्डौ र नेपाल पुलिस क्लबका बिच शनिबार हुने छ । बिचेताले पाँच लाख र उप बिचेताले २ लाख ५० हजार रुपैयाँ नगद र ट्रफि पाउने छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा