खेलकुद

नेपाल बंगलादेशसँग १ सय २३ रनले पराजित

काठमाडौं, १८ कार्तिक । बंगलादेश भ्रमणमा रहेको नेपाली यू–१९ टोली शनिबार घरेलु टोली बंगलादेश यू–१९ संग १ सय २३ रनले पराजित भएको छ ।

२ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा १ सय ४ रनमा अलआउट भएको हो । नेपालका रसिद खानले २४ रन, पवन सराफले १६, सन्दीप लमिछानेले नटआउट १३, प्रनित थापा मगरले १२ र बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कप्तान दीपेन्द्र सिंह ऐरी र शहाब आलम शुन्यमै आउट भए ।

यसअघि बिकेएसपिजीमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बंगलादेशले कप्तान शैफ हसन र अफिफ होसेनको अर्भशतक मद्दतमा पूरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा