खेलकुद

पहिलो टेष्ट क्रिकेटमा श्रीलंकालाई भारतले हरायो

एजेन्सी, १४ साउन । श्रीलंका र भारतका बीचमा भएको पहिलो टेष्ट क्रिकेटमा भारत विजयी भएको छ ।

४ दिनसम्म चलेको टेष्ट क्रिकेटमा ५ सय ५० रनको लक्ष्य पछ्याएको श्रीलंका शनिबार २ सय ४५ रनमा अलआउट भएपछि भारत ३ सय ४ रनले विजयी भएको हो ।

भारतले दोश्रो पारीमा ३ विकेट गुमाएर २ सय ४० रन बनाएपछि पारी समाप्तीको घोषणा गरेको थियो ।

भारतले पहिलो पारीमा ६ सय रन बनाएको थियो । श्रीलंकाले भने पहिलो पालीमा २ सय ९१ र दोश्रो पारीमा २ सय २४ रन मात्रै बनाउन सक्यो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा