खेलकुद

पाँचथर गोल्डकपको उपाधी झापालाई

खविन लुइटेल । पाँचथर । पाँँचथरको फिदिममा सञ्चालीत दोश्रो पाँचथर गोल्डकपको उपाधी विर्तामोड युनाइटेड झापाले जितेको छ । फिदिम माविको खेलमैदान सम्पन्न भएको फाइलन खेलमा न्यू स्टार सुनसरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे झापाले डिफेण्डिङ च्याम्पियन झापारे उपाधी चुमेको हो ।

राष्ट्रिय टिमका स्ट्राइकर नवयुग श्रेष्ठ चम्किदा झापाई जितको लागी सहज भएको थियो । नवयुगले झापाको तर्फबाट पहिलो हापको दोश्रो तथा दोश्रो हापको २७ औ मिनेटमा २ गोल गरेका थिए । त्यस्तै झापाका लागी पुष्प मादेन र पुजन उभरकोटीले थप १–१ गोल गरेका थिए । सुनसरीका तर्फबाट निशान लिम्बूलेको पहिलो हापको १० मिनेटमा गोल गर्दै खेललाई केही समय बराबरीमा ल्याएका थिए ।

पाँचथर गोल्डकपको यो सिजनको विजेता बन्दै विर्ता यूनाइटेड झापा ले ३ लाख ५ हजार ५ सय ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेतामा सिमि तबनेको सुनसरीले १ लाख ५० हजार ५ सयमा चित्त बुझाएको छ । प्रतियोगिताको उत्कृत खेलाडी बन्दै नवयूग श्रेष्ठले टिभिएस कम्पनीको थान मोटरसाइकल प्राप्त गरेका छन् प्रतियोगिताको सर्बाधिक गोलकर्ता समेत नवयुग श्रेष्ठ बनेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. http://url.org/bookmarks/gloriaphilips/sexy20nude20models/ says:

    I really enjoy the article post.Much thanks again. Much obliged.

    http://url.org/bookmarks/gloriaphilips/sexy20nude20models/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा