खेलकुद

पाचौं उदयपुर गोल्डकपः उदयपुर ११ लाई हराउँदै मनाङ्ग मर्स्याङ्दी सेमि फाइनलमा

गणेश उप्रेती । उदयपुर । उदयपुरमा जारी पाँचौ उदययपुर गोल्डकप प्रतियोगिताको दोस्रो दिनको खेलमा मनाङ्ग मंस्याँङदी क्लव विजयी भएको छ । घरेलु टिम उदयपुर ११ सँग कडा प्रतिस्प्रधामा उत्रेको मनाङ्ग मंस्याँङदी क्लवले ० को विरुद्ध १ गोल गर्दै सेमिफान्लको यात्रा तय गरेको हो ।

आजको खेलमा पहिलो हापमा दुवै तर्फबाट गोल भएन । दोस्रो हापको ३८ औं मिनेटमा मनाङ्ग मंस्याँङदी क्लवका जर्सि नम्वर २१ का विमल रानाले गाल गरेका थिए । आजको खेलको म्यान अफ द म्यच उदयपुर ११ का जर्सि नम्वर १ का गोल रक्षक रेम्बो चौधरी घोषित भएका छन । चौधरीले नगद रु ७ हजार प्राप्त गरेका छन ।

थारुहट रंङशालामा भोलि हुने खेलमा थ्रि स्टार क्लव काठमाण्डौ र मोरंग ११ बीच हुने मुल आयोजक समितिका अध्यक्ष किरण राईले बताए । प्रतियोगितामा एडिभिजनसहितका ८ वटा टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको पुरस्कार राशी ५ लाख रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा