खेलकुद

पानी परेपछि क्रिकेटको उपाधि पुलिस र आर्मीले बाँडे

काठमाडौ, २५ जेठ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लबले बाँडेका छन् ।

बिहीबारको पानी परेर फाइनल खेल अवरुद्ध भएपछि प्रतियोगिताको उपाधि बाँडेका दुबै टोलीले पुरस्कार स्वरुप १५–१५ लाख रुपैयाँ पाएका छन् ।

विजेताले पाउने २० लाख रुपैयाँ र उपविजेताले पाउने भनिएको १० लाख जोडेर दुई टोलीलाई पुरस्कार रकम भाग लगाइएको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले दिएको १ सय २७ रनको लक्ष्य आर्मीले पछ्याइरहँदा पानी परेपछि खेल रोकिएको थियो ।

खेल रोकिँदासम्म आर्मीले २ ओभर ३ बलमा १ विकेट गुमाउँदै ७ रन बनाएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा