खेलकुद

फिफा कन्फेडेरेसन कप आजबाट

काठमाडौं, ३ असार । फिफा कन्फेडेरेसन कप फुटबल प्रतियोगिता शनिबारबाट रुसमा सुरू हुँदैछ । विश्व फुटबल महासंघ (फिफा)को ६ महादेशका च्याम्पियन टोलीले खेल्ने कन्फेडेरेसन कप रुसको विभिन्न चार सहरमा हुनेछ ।

फिफा कन्फेडेरेसन कप रुसको राजधानी मस्कोको (स्पर्टक स्टेडियम), सेन्ट पिटर्सबर्ग (सेन्ट पिटर्सबर्ग स्टेडियम), कजान (काजन एरिना) र सोची (फिस्ट ओलम्पिक स्टेडियम) मा दुई साता चल्नेछ । यस फिफा कन्फेडेरेसन कपलाई आगामी वर्ष रुसमै हुने फिफा विश्वकपको वार्म अप प्रतियोगिताको रुपमा समेत हेरिएको छ ।

रुसमा हुने फिफा कन्फेडेरेसन कपमा ६ महादेशका विजेतासहित ८ टोलीको सहभागिता रहने छ । जसमा युरोपियन, अफ्रीका, दक्षिण अमेरिका, कोन्काकाफ, एसिया र ओसियाना क्षेत्रको विजेताहरुले प्रतिस्पर्धा गर्दा एक आयोजक र एक विश्वकप विजेताले प्रतिस्पर्धा गर्ने छन् ।

यसपटक युरोपका तीन टोली रहेका छन् । युरोपबाट एक आयोजक रुस, युरोकप विजेता पोर्चुगल र विश्वकप विजेता जर्मनी रहेका छन् । प्रत्येक चार वर्षमा आयोजना हुने फिफा कन्फेडेरेसन कपको साविकको विजेता ब्राजिल हो । यस्तै ब्राजिल कन्फेडेरेसन कप सर्वाधिक ४ पटक जित्ने एक्लो देश हो ।

कन्फेडेरेसन कपमा सहभागी ८ राष्ट्रहरुलाई २ समूहमा विभाजन गरिएको छ । र, समूहको शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमीफाइनल खेलहरु असार १४ र १५ गते हुनेछ । फाइनल खेल असार १८ गतेलाई तय गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुसले न्युजिल्यान्डको सामना गर्नेछ । रुस र न्युजिल्यान्डबीचको खेल सेन्ट पिटर्सबर्ग स्टेडियममा नेपाली समय अनुसार राति ८ : ४५ बजे सुरु हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा