खेलकुद

फिफा कन्फेडेरेसन कप फुटबलमा मेक्सिको र पोर्चुगल विजयी

एजेन्सी, ८ असार । फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा मेक्सिको र पोर्चुगल विजयी भएका छन ।

पोर्चुगलले रुसलाई १–० र मेक्सिकोले न्युजिल्याण्डलाई २–१ ले हरायो । आयोजक रुसलाई हराउन पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए । त्यस्तै मेक्सिकोलाई जिताउन राउज जिमेनेज र ओरिबे पेराल्ताले गोल गरे ।

जितपछि समूहको शीर्ष स्थानमा रहेको मेक्सिकोको दुई खेलबाट चार अंक भएको छ । समान चार अंक नै भएको पोर्चुगल दोस्रो स्थानमा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा