खेलकुद

फिफा वरियतामा नेपाल एक स्थान माथि

काठमाडौ, २६ साउन । फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएर १ सय ६९ औ स्थानमा पुगेको छ ।

विश्व वरियतामा ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियामा पहिलो स्थानमा छ । माल्दिभ्स १ सय ४२ औं स्थानमा छ । अफगानिस्तान १ सय ५६ औं र भुटान १ सय ६५ औं स्थानमा छन् ।

बंगलादेश १ सय ८९ औं स्थानमा छ । श्रीलंका १ सय ९७ र पाकिस्तान २ सय औं स्थानमा छन् । यस्तै जर्मनीलाई पछि पार्दै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।

गएको महिना सार्वजनिक वरियतामा ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा