खेलकुद

फिफा वरियतामा नेपाल एक स्थान तल खस्कियो

एजेन्सी, २२ असार । फिफा वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७० औ. स्थानमा पुगेको छ ।

फिफाले सार्वजनिक गरेको नया वरियतामा ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा पुगेको छ ।
विश्व विजेता जर्मनी ब्राजिललाई पछि पार्दै विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको हो । जर्मनी दुई स्थान सुधार गर्दै २ वर्षपछि शीर्ष स्थानमा पुगेको हो । दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ ।

४ स्थान माथि चढेर भारत ९६ औं स्थानमा पुगेको छ । दक्षिण एसियामा भारतसगै माल्दिभ्स र भुटान नेपाल भन्दा अगाडी छन् । नेपाल पछि बंगलादेश, श्रीलंका र पाकिस्तान छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा