खेलकुद

फिफा वर्ष खेलाडीको घोषणा हुँदै

एजेन्सी, ६ कार्तिक । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने फिफा वर्ष खेलाडीको घोषणा आज राती हुदैछ ।

लण्डनको पलाडियममा हुने कार्यक्रममा पुरुषतर्फ वर्ष खेलाडीका दाबेदारका रुपमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेइमार रहेका छन् ।

त्यस्तै महिलातर्फ भने भेनेजुएलाबाट डेएना कास्टेबालोस, अमेरीकाबाट चार्ली लोएड र बार्सिलोनाको तर्फबाट खेल्ने डच खेलाडी लिएके मार्टेन्स फिफा वर्ष खेलाडीका लागि चयन भएका छन् ।

विश्वभरका राष्ट्रिय स्तरका फुटबल टीमका कप्तान, प्रशिक्षक, खेल पत्रकार र अनलाईन भोटिङका आधारमा विजेताको छनौट गरिन्छ । त्यसैगरी वुमन्स बेस्ट प्लेअर, मेन्स बेस्ट कोच, वुमन्स बेस्ट कोच, पुस्कास अवार्ड तथा फ्यान सपोर्टर अवार्ड पनि आज राति नै घोषणा गरिनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा