खेलकुद

बार्सिलोनाको शानदार जित, मेस्सीले ४ गोल गरे

काठमाडौं, ४ असोज । बार्सिलोनाले ला लिगामा एबारलाई ६-१ ले हराउँदै शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । लियोनल मेस्सी एक्लैको ४ गोलले बार्सिलोनाले सहज जित हासिल गर्यो ।
खेलको २० औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत अग्रता दिलाए । नेल्सन सेमेडोलाई एलेजान्द्रो गाल्भेजले लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले सदुपयोग गरेका हुन् । बार्सिलोनाले भ्रमणकारी टोलीमाथि थप दबाब सिर्जना गर्दै पौलिनोको ३८ औं मिनेटको गोलमा अग्रता दोबर गर्यो ।

पहिलो हाफमा २-० को अग्रता लिएको घरेलु टोलीले दोस्रो हाफमा पाहुना टोलीमाथि दबाब जारि राख्यो । डेनिस स्वारेजले ५३ औं मिनेटमा गोल गरेभने मेस्सीले दोस्रो हाफमा थप ३ गोल गरे । ५९ औं र ६२ औं मिनेटमा गोल गर्दै ला लिगामा अर्को ह्याट्रिक पुरा गरेका मेस्सीले ८७ औं मिनेटमा थप गोल गरे । मेस्सीको यो करियरको ४९ औं ह्याट्रिक हो ।

पाँच खेल खेलेको बार्सिलोना सबै खेल जित्दै १५ अंक सहित अंक तालिकाको शिर्षस्थानमा यथावत छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा