खेलकुद

बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा

एजेन्सी, १७ मँसिर । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनालाई उसकै घरेलु मैदान क्याम्पनाउमा सेल्टा भिगोले २–२ को बराबरीमा रोकेको छ ।

खेलको २० औं मिनेटमा इयागो आसपासको गोलमा सेल्टाभिगोले अग्रता बनाएको थियो । तर सेल्टा भिगोको अग्रतालाई दुई मिनेटमा पाउल्निहोको पासलाई लियोनल मेसीले गोलमा परिणत गर्दै बराबरी गरेका थिए ।

दोस्रो हाफको १७ औँ मिनेटमा बार्सिलोनाका लागि लुइस स्वारेजले गोल गर्दै २–१ को अग्रता बनाए । यो गोलस“गै स्वारेजले बार्सिलोनाका लागि १ सय २७ गोल पुर्याएका छन् । उनी बार्सिलोनाका लागि धेरै गोल गर्ने १० खेलाडीको सूचिमा समेत सामेल भएका छन् । खेलको ७० औं मिनेटमा सेल्टा भिगोका लागि गोल गर्दै म्याक्सी गोमेजले २–२ को बराबरी गरेका थिए । ्

खेल बराबरी भएस“गै शीर्ष स्थानमा रहेको बार्सिलोनाको १४ खेलबाट ३६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको १३ खेलबाट ३१ अंक रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा