खेलकुद

बुढासुब्बा गोल्डकप फुटबलको तयारी पूरा, २ विदेशीसहित ८ स्वदेशी टिम भिड्ने

धरान, ४ फागुन । बुढासुब्बा गोल्डकप फुटबलको तयारी पूरा भएको आयोजक धरान फुटबल क्लवले जनाएको छ । गोल्डकपको १९ औ संस्करण बिहिबार देखी धरानमा सुरु हुदैछ । दुइ विदशी सहित १० टिमको सहभागितमा धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा विहीबार देखी अन्तराष्ट्रिय आमान्त्रण रेडबुल बुढासुब्बा गोल्ड कप सुरु हुन लागेको हो । प्रतियोगितामा भाइसेन भुटियाको क्लव युनाइटेड सिक्कीम एफसी भारत , दुर्गापुर स्टील कलकत्ता भारत सगै विभागिय टिम शसस्त्रको एपीएफ र नेपाल पुलिस क्लव , काठमाडौको संकटा क्लव , झापा –११का खेलाडी संमेलित काकारभिट्टा ट्ेरनिङ सेन्टर झापा , रुपन्देही ११, पोखरा र आयोजकका २ टिमको सहभागीता रहने आयोजक धरान फुटबल क्लबले जनाएको छ । फागुन १४ गते सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली दुर्गापुर स्टील कलकत्ता भारत र संकटा क्लव काडमाडौबीच खेल हुनेछ । प्रतियोगिताका लागी ५ हजार क्षमताको प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ । विजेताले नगद ५ लाख रुपैयासहित ट्रफी पाउने छन् । त्यस्तै उपविजेताले नगद ४ लाख रुपैया प्राप्त गर्ने छन् भने प्रत्येक प्रतियोगिताको म्यान अफ दि म्याच खेलाडीले नगद ५ हजार रुपैयासहित आकर्षक उपहार प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत पुरस्कार तर्फ हाइस्कोररले नगद २५ हजार पाउने छन् भने उत्कृष्ट कोच उत्कृष्ट स्ट्राइकर उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट डिफेन्ड ले नगद १५ हजार पाउने छन् । उत्कृष्ट खेलाडी लाई यमाहाको सेलुटो मोटर साइकल प्रदान गरिने क्लवका महासचिव प्रताप तामाङले जानकारी दिनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा