खेलकुद

बौद्धकप फाईनल

म्याग्दी, ६ असोज । धौलागिरी क्षेत्रकै सर्वाधीक पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो बौद्ध कप २०७४ को उपाधी आयोजक बौद्ध युवा कल्व मंगलाघाटले जितेको छ ।

बेनीमा सम्पन्न प्रतियोगीताको फाईनलमा कालीपुल युनाईटेड कल्व शून्यका विरुद्ध तिन गोलले पराजित भएको हो । बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमशः एक लाख २५ हजार र सत्तरी हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
सेमिफाईनलबाट बाहिरीएका एभरग्रिन र म्याग्दी प्रहरीले दश दश हजार रुपैयाँ प्राप्त गरेका छन् । म्याग्दी प्रहरीले अनुशासीत टिमको उपाधी सहित थप पन्ध्र हजार रुपैयाँको पुरस्कार पनि पाएको छ ।

कालीपुलका रमन श्रेष्ठ सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी, वौद्धका बजय सिङ उत्कृष्ट डिफेण्डर, वौद्धका बिमल थापा उत्कृष्ट गोलरक्षक, कालीपुलका किरन भट्टराई उत्कृष्ट मिडफिल्डर र वौद्धका टोप बिष्ट उत्कृष्ट स्ट्राईकरको उपाधी सहित नगद ६÷६ हजार रुपैयाँका दरले पुरस्कृत भए भने वौद्धका लाल म्यान अफ द म्याच घोषीत भए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा