खेलकुद

ब्वाइज युनियन फाइनलमा

सुनसरी, २४ फागुन । सुनसरीको इटहरीमा जारी ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा ब्वाईज युनियन काठमाण्डौ सेमिफाईनल प्रवेश गरेको छ ।

आज भएको खेलमा कञ्चनजंगा स्पोटिगं क्लव भारतलाई १–० को अन्तरले हराउँदै व्वाईज युनियन सेमीफाइनल प्रवेश गरेको हो । नाईजेरयिन खेलाडी उतारेको दुवै टिमले पहिलो हाफ गोल रहित वरावरी खेलेका थिए ।
गोलका लागी दुवै टिमको भरपुर प्रयास पटक पटक विफल भएको थियो । दोश्रो हाफमा ५ जना नाईजेरीयन खेलाडी सहित मैदानमा उत्रेको ब्वाईज युनियन काठमाण्डौले दोस्रो हाफको ७ औ मिनेटमा वर्तमान राईले गोल गर्दै अग्रता दिलाएका थिए । भोलिको खेल चर्च ब्वाईज युनाईटेड काठमाण्डौ र शशस्त्र प्रहरी पूर्वाअञ्चल विच हुने आयोजकले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा