खेलकुद

भारतबिरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडाै, २६ कार्तिक । मलेसियामा जारी एसिसी यू–१९ एसिया कपको दास्रो खेलमा द्धारा भारत, नेपालँसग पराजित भएको छ ।

मलेसियाको क्वालालाम्पुर स्थित बेइमास ओभलमा भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो । समुह ए को दोस्रो खेलमो टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनको मद्दतले नेपालले टेस्ट खेल्ने राष्ट्र भारतलाई १९ रनले हराउदै एसीसी यू–१९ एसिया कपमा ऐतिहासिक जीत हासिल गरेको हो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह एरीले ८८ रनको अर्धसतकिय योगदान दिए ।

उनले १०१ बलमा ६ चौका र २ छक्को साथ उक्त योगफल बनाएका थिए । जितेन्द्र सिंह ठकुरीले ३६ रन बनाउदा भिम सार्कीले १५ रन जोडे । सन्दिप लामिछाने र किशोर महतोले नटआउट ९ र ७ रन बनाए । भारतको लागि अभिशेक शर्मा र आदित्य ठाक्रेले समान दुई दुई विकेट लिए ।

नेपाल प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा मात्र १ सय ६६ रनमा अलआउट हुन पुग्यो । ऐरीले १० ओभर बलिङ गर्दै दुई मेडनसहित ३९ खर्चेर चार विकेट लिए । उनलाई पवन शराफ र शहबाब आलमले २–२ विकेट लिएर राम्रो साथ दिए ।

सन्दीप लामिछाने र कमल सिंहले १–१ विकेट लिए । भारतले पहिलो विकेटका लागि ६५ रन बनाउँदै राम्रो शूरुवात गरेको थियो । तर, त्यसपछि भने लगातार विकेट गुमाउन शुरु गर्यो । ओपनर कप्तान हिमान्सु रानाले ४६ रन बनाए भने अर्का ओपनर मनोज कल्राले ३५ रन बनाए ।

त्यसबाहेक अभिषेक शर्माले २७ रनको योगदान दिए । नेपाल प्रतियोगिताको पहिलो खेलमा बंगलादेशस“ग निकै रोमाञ्चक खेलमा २ विकेटले पराजित भएको थियो ।

यो जितसगै नेपालले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेको छ । आजै भएको पाकिस्तान र युएईबीचको खेलमा पाकिस्तानले बाजी मारेको छ । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४७.१ ओभरमा सबै विकेट गुमाउदै युएईलार्ई ३०० रनको लक्ष्य दिएको थियो ।

तर २६ ओभरको समाप्तिमा सबै विकेट गुमाउदै युएई ७३ रनमा समेटियो र २२६ रनको फराकिलो हार व्यहोर्न बाध्य भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा