खेलकुद

भारतीय क्रिकेटर ध्वनीलाई पद्मभूषण

काठमाडाैं, २० चैत । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह ध्वनीलाई पद्मभूषणबाट सम्मान गरिएकाे छ । पद्मभूषण सम्मान भारत रत्न तथा पद्मविभूषणपछिको भारतको तेस्रो उच्च दर्जाको नागरिक सम्मान हो ।

३७ वर्षीय ध्वनी यो सम्मान पाउने पूर्वकप्तान कपिलदेव पछिका दोस्रो भारतीय क्रिकेटर हुन् । सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति निवासमा भएको एक विशेष समारोहका बीच ध्वनीलाई पद्मभूषण सम्मान प्रदान गरेका हुन् ।

सम्मान ग्रहण गर्दा पूर्वकप्तान ध्वनी भारतीय सेनाको लेफ्टिनेन्ट कर्नेलको युनिफर्ममा राष्ट्रपति निवासमा सरिक भएका थिए । सन् २०११ को विश्वकप क्रिकेटको उपाधि ध्वनीले आफ्नो नेतृत्वमा भारतका लागि दिलाएको भन्दै उनलाई भारतीय आर्मीले सोहि वर्षको नोभेम्बर १ मा लेफ्टिनेन्ट कर्नेलको दर्जा प्रदान गरेको थियो ।

भारतीय क्रिकेटका लागि सफल कप्तान मानिने ध्वनीको कप्तानीमा नै २८ वर्षपछि भारतले आफ्नै भुमिमा दोस्रो पटक विश्वकप जितेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. go board game says:

    I wish to point out my passion for your kind-heartedness giving support to persons who must have guidance on this one idea. Your real commitment to getting the solution across appeared to be rather good and have surely made individuals just like me to attain their pursuits. Your own warm and helpful guideline signifies a great deal a person like me and especially to my office workers. Thanks a ton; from each one of us.

    http://www.strategyboardgames.co.uk/play-misson-red-planet/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा