खेलकुद

भीमनारायण गोल्डकपको फाईनलका लागि झापा र भुटान भिड्दै

रबिन कटेल
धनकुटा, ३० भदौ । धनकुटामा जारी १३ औं सहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो सेमिफाईनलमा आज विर्ता यूनाईटेड झापा र साविक बिजेता फ्यान्स क्लव बिआरसी भुटानवीच खेल हुँने भएको छ ।
स्थानीय टुडिखेलमा  हुँने खेलमा फाईनल प्रवेशका लागि झापा र भुटान आम्नेसाम्ने हुन लागेका हुन । क्वाटर फाईनलमा गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत ४–१ गोलले पराजित गर्दै विर्ता युनाईटेड सेमिफाईनल आईपुगेको हो । यता भीमनारायण गोल्डकपको साविक बिजेता बिआरसी भुटान भने ‘वाई’ पाएर सेमिफाईनल आएको हो ।
खेलमा ६ टिम मात्र सहभागि भएकाले भुटान र ब्वाईज यूनियनले ‘वाई’ पाएका हुन । आजको बिजेताले गोल्डकपको उपाधीका लागि भोली हुँने फाईनलमा ब्वाईज यूनियन काठमाण्डौको सामना गर्ने प्रतियोगिताका प्रचार बिभाग प्रमुख विदुर खवासले जानकारी दिनुभएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा