खेलकुद

मंगोलियामा सम्पन्न नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी खेलाडी स्वदेश फर्किदै

काठमाडौ, २४ असोज । मंगोलियामा सम्पन्न नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी भएका नेपाली खेलाडी आज राति स्वदेश फर्किने भएका छन् ।

प्रतियोगितामा सहभागी भएका तीन नेपाली खेलाडी मध्ये ननिता महर्जनले रजत पदक जितेकी थिइन् भने रुजेश शाहीले ६० केजी तौल समुहमा कांस्य जित्न सफल भएका थिए । त्यसैगरी अर्का नेपाली खेलाडी कमल भण्डारी प्रि जजिङ राउन्डबाटै बाहिरिएका थिए । ननिताले महिला १६० सेन्टीमिटर उचाईमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले जनाए ।

फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण जित्दा इटालीले कांस्यमा चित्त बुझायो । खेल्न सुरु गरेको छोटो अवधिमा ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोश्रो अवसर हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौं संस्करणमा ननिताले कांस्य जितेकी थिइन् ।

ननिताले २०७३ सालमा काठमाडौंमा भएको प्रथम मिस्टर काठमाडौं तथा महिला फिट्नेस प्रतियोगिताबाट आफ्नो करियर थालेकी थिइन् । उक्त प्रतियोगितामा ननिताले स्वर्ण जितेकी थिइन् ।

प्रतियोगितामा ननिता र २ पुरुष खेलाडी गरी ३ खेलाडीले नेपालबाट सहभागिता जनाएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा