खेलकुद

सताक्षी गोल्डकप–मनाङ सेमिफाइनलमा

बिर्तामोड, ३ मंसीर । अन्तिम एक मिने सम्हालिन नसक्दा झापाको शिवसताक्षीमा जारी दोस्रो सताक्षी गोल्डकपबाट रुपन्देही ११ बाहिरिएको छ । खेलको ६ मिनेटमै अग्रता लिएको रुपन्देहीलाई टाइब्रेकरमा मनाङ्ग मस्र्याङ्दी क्लबले हराउदै सेमिफाइनल प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि मनाङ्गले आयोजक सतासीधाम स्पोर्टिङ क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

टाइब्रेकरमा रुपन्देहीका रजिन धिमालको प्रहार बाहिरिएको थियो भने विजय धिमालको प्रहार गोलकिपर दिनेश थापामगरले बचाउ गरेका थिए । मनाङका विमल बस्नेत, कमल श्रेष्ठ, निराजन मल्ल र दोणा थापाको प्रहार गोल भएको थियो भने रुपन्देहीका निरज बस्नेतले मात्र गोल गर्न सफल भएका थिए । खेलमा अग्रता रुपन्देहीले लिएको थियो ।

उसका विदेशी खेलाडी अबाले पहिलो हाफको ६ मिनेटमा गोल गरेका थिए । रजिन धिमालको कडा प्रहार मनाङ्गका गोलकिपर दिनेश थापामागरको हाटबाट रिबाउन्स भएको थियो । सो बलालाई सदुपयोग गर्दै अबाले गोल गरेका थिए । ७९ औं मिनेटमा मनाङ्गका दोणा थापाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । डिबक्स नजिकै रुपन्देहीका सौरब मगरको हातमा बलले छोएपछि मनाङ्गले फ्रिकिक पाएको थियो ।

१८ औं मिनेटमा अबाको प्रहार गोल किपर थापामगरको हातबाट फुत्किएपछि मनाङका कमल श्रेष्ठले गोललाइनबाट बचाएका थिए । ४१ औं मिनेटमा सुल्लाह सुलेमानले अबालाई लडाएपछि रुपन्देहीले फ्रिकिक पाएको थियो । सो बललाई अबाले गरेको प्रहार गोलरक्षक थापामगरले पञ्ज गरेर बाहिर पठाएका थिए ।

७० मिनेटमा मनाङका अभिशेक रिजालको फ्रिकिक रुपन्देहीको पोष्टबारनजिकैबाट बाहिरिएको थियो । खेलमा म्यान अफ द म्याच मनाङका दोणा थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा सोमबार पहिलो सेमिफाइनलमा रमपम झापा ११ र त्रिभूवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा