खेलकुद

मलेसियामा जारी एसीसी यू–१९ एसिया कपको खेल वर्षाका कारण स्थगित

काठमाडौ , १ मंसिर । मलेसियामा जारी एसीसी यू–१९ एसिया कपको दोस्रो सेमिफाइनल अन्तर्गत नेपाल र अफगानस्तानबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

मलेसियामा जारी एसीसी यू–१९ एसिया कपको दोस्रो सेमिफाइनलमा १०४ रनको लक्ष्य पाएको अफगानस्तानले १८ ओभर खेल्दा एक विकेट गुमाउदै ९४ रन बनाएको छ । भारी वर्षका कारण खेल बिचमै स्थागित गरिएको हो । १८ ओभर खेल्दा सम्म अफगानस्तानका लागि रहमनलल्लाहले ६९ रनको अर्धसतकिय रन बनाएका छन भने इक्रम अली १ड रनमा खेलीरहेका सिथए ।

कप्तान इब्राहम जद्रान भने तीन रनमै आउट भएका थिए । उता किनरारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८ ओभरमा १ सय ३ रनमै अलआउट भयो । नेपालका लागि अनिलकुमार शाहले अर्धशतक प्रहार गरे पनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि अनिलले सर्वाधिक ५० रन बनाए । बाँकी कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । अनिलले तेस्रो विकेटका लागि कप्तान दीपेन्द्रसँग २३ तथा पाँचौ विकेटका लागि भीम सार्कीसँग ३० रनको साझेदारी गरे ।

नेपालका दीपेन्द्र ६, रोहित ४, भिम ६, पवन ८ तथा सन्दीप ७ रनमा आउट भए । आसिफसँगै कमल सिंह ऐरी र किशोर महतोले खाता समेत खोल्न सकेनन् । शहाब आलम ७ रनमा नटआउट रहे ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा