खेलकुद

मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा

काठमाडौ, ३१ भदौ । मलेसियामाथि १० विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू–१९ को फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको सेमिफाइनलमा घरेलु टोलीले प्रस्तुत गरेको १ सय २२ रनको लक्ष्य नेपालले २३ दशमलव १ ओभरमा विना विकेट क्षतिमा भेट्टायो । नेपाललाई सहज जित दिलाउने क्रममा शुरूवाती व्याट्सम्यान सन्दिप सुनार र आसिफ शेख दुबैले अर्धशतक पुरा गरे ।

सन्दिप ५७ रनमा अविजित रहे भने आसिफ ५० रनमा नटआउट रहे ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा