खेलकुद

मलेसिया ४५ रनमै अलअाउट

काठमाडौं, ८ कात्तिक। एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणको खेलमा मलेसिया ४५  रनमै अलअाउट भएकाे छ ।

वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा नेपाली बलरहरुको प्रदर्शन शानदार रहँदा मलेसिया १५.३ ओभरमा ४५ रनमा समेटियो । नेपालले केहिबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।

बायुमास ओभलमा घरेलु टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २/२ तथा अनिलकुमार साहले १ विकेट लिए ।

मलेसियाका लागि ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनुबाहेक मलेसियाका अन्य ब्याट्सम्यानले राम्राे बलिङ गर्न सकेनन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा