खेलकुद

महिला विश्व टी २० क्रिकेट छनोटमा नेपालको पहिलो जित

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल महिला टि–ट्वान्टी विश्वकपको एसियाली छनोटमा नेपालले जित हात पारेको छ । नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै जित हात पारेको हो ।

नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा समेटियो । मलेसियाकी इम्याइलिया इलियानीले सर्वाधिक २४ रन जोडिन् । त्यसबाहेक जियानी सायमिमीले १६ तथा दुरिसिंन्गमले ११ रन बनाइन् । नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का, सरिता रानामगर, नेरी थापा र रितु कनौजियाले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालका सीता राना मगर र ज्योति पाण्डेको अर्धशतकिय साझेदारीको मदतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ बनाएको थियो । १२ ओभर २ बलमा मस एलिसाले सरितालाई ३७ रनमा रनआउट पार्नुअघि यो जोडीले ६६ रनको साझेदारी गरेको थियो । त्यसबाहेक नेपालका लागि ज्योति पाण्डेले २१, काजोल श्रेष्ठले १४ रन जोडिन् ।

मलेसियाकी नुर एरिना नट्सया र जन्नादिहा हालिमले समान दुई दुई विकेट लिईन । राउण्ड रोबिन आधारमा खेलाइएको प्रतियोगितामा नेपालको यो चौथो खेलमा पहिलो जित हो । यसअघि सुरुवाती दुई खेल वर्षाले प्रभावित भएपछि नेपाल आयोजक थाइल्याण्ड र हङकङसँग अंक बाड्न बाध्य भएको थियो । त्यसबाहेक विहीबार भएको युइईसँगको खेल नेपालले ५ रनको झिनो अन्तरले गुमाएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा