खेलकुद

माग्दीमा स्थानीय तहस्तरीय खेलकुद जारी

काठमाडौं, ३ माघ । स्थानीय तहमा खेलकुदको विकासका लागि म्याग्दीमा स्थानीय तह स्तरीय खेलकुद आयोजना भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता थालिएको हो ।

छैठौं म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहले सहभागिता जनाएका छन् । पुरुष भलिबलमा १०, महिला भलिबलमा ६ र बास्केटबलमा ६ वटा स्थानीय तहले सहभागीता जनाएका छन् ।

पहिलो दिन भएको पुरुष भलिबल प्रतियोगितामा मोदी गाउँपालीकाले अन्नपूर्ण र मंगला गाउँपालीकाले धौलागिरीलाई सोझो तिन सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता बुधबारदेखि सुरु हुने खेलकुद संयोजक सुमन श्रेष्ठले जानकारी दिनुभयो । पुरुष भलिबलको बिजेतालाई ७७ हजार ७ सय

७७, उपबिजेतालाई ४४ हजार ४ सय ४४ र अनुशासित टिमलाई तिन हजार रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरी महिला भलिबलमा प्रथम हुनेलाई ४४ हजार ४ सय ४४, द्वितीय हुनेलाई २२ हजार २ सय २२ र अनुशासिात टिमलाई दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

पुरुष बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३ सय ३३ र द्वितीय हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिने भएको छ । बिजयी टिमलाई नगद पुरस्कारका साथै मेडल, ट्रफि र प्रमाण पत्रको समेत व्यवस्था गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा