खेलकुद

मेसीलाई चौथो पटक गोल्डेन बुट

एजेन्सी, ९ मसिर । स्पेनिस लिग क्लब बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन् ।
बार्सिलोनाको एन्टीगा फ्याब्रीका एस्ट्रेला कन्सर्ट हलमा गएराती सम्पन्न अवार्ड समारोहमा सन् २०१६÷१७ को युरोपीयन लिगका सर्वाधिक गोलकर्ता बार्सिलोनाका स्टार फरवार्डर लियोनल मेसीले चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड प्राप्त गरेका हुन् । स्पेनिस लिगमा यो सिजन सर्वाधिक ३७ गोल गरेका मेसीले स्पोर्टिङ लिस्वनका डच स्ट्राइकर बास डोस्टलाई उछिन्दै उपाधि जितेका हुन् । बास डोस्टले पोर्चुगिज लिगमा ३४ गोल गरेका थिए ।
तीस वर्षीय खेलाडी मेसीले युरोपीयन लिगको सन् २००९ मा ३४, २०११(१२ को सिजनमा ५० र २०१२(१३ को सिजनमा ४६ गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए । सन् २०१५(१६ का गोल्डेन बुट विजेता लुइस स्वीरेजको हातबाट अवार्ड लिएका मेसीले सर्वाधिक गोल गर्नका लागि सहयोग पु¥याउने टीमका सम्पूर्ण खेलाडीलाई धन्यवाद दिंदै बार्सिलोनास“ग खेल्दा निकै रमाइलो भैरहेको र खेलमा अझै परिपक्वता हांसिल गरेको बताए ।
बिगत नौ वर्षदेखि गोल्डेन बुटको होडमा लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो र लुइस स्वीरेज मात्र पर्न सफल भएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा