खेलकुद

मेस्सीले जेल नगई पैसा तिरे हुने

एजेन्सी, २४ असार । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले कर छलीको आरोपमा भोग्नु पर्ने २१ महिनाको जेल सजायको सट्टा जरिवाना तिरे हुने स्पेनको अदालतले फैसला गरेको छ ।

कर छलेको आरोपमा स्पेनको एक अदालतले मेस्सीलाई २१ महिनाको जेल सजायको फैसला सुनाएको थियो ।

तर स्पेनकै अदालतले मेस्सीले एक दिनको जेल सजायको सट्टा चार सय युरोका दरले जम्मा दुई लाख ५२ हजार युरो अर्थात् दुई करोड ९६ लाख रुपैयाँ जरिवाना तिरे हुने फैसला सुनाएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा