खेलकुद

म्यानचेष्टर सिटीले चेल्सीलाई हरायो

एजेन्सी, १५ असोज । इंग्लीश प्रिमियर लिग अन्र्तगत गएराती भएको खेलमा शिर्ष २ स्थानका म्यान्चेष्टर सिटी र म्यान्चेष्टर युनाइडेटले जीत हात पारेका छन् ।

अंक तालिकाको पहिलो स्थानमा रहेको म्यान्चेष्टर सिटीले चेल्सीलाई १ शुन्यले हराउदै महत्वपुर्ण ३ अंक बटुल्यो । सिटीको जितमा केभिन डे ब्रायनले गोल गरे । त्यस्तै म्यान्चेष्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई ४ शुन्यले हरायो ।

म्यान यू को जितमा रामेलु लुकालुले २ तथा जुआन माटा र मारोन फेलिनीले एक –एक गोल गरे । यो खेलसंगै दुवै म्यान्चेष्टरले ७ खेलबाट समान १९ अंक जोडेका छन् । अरु खेलमा टोटनह्यामले हडर्स्फिल्डलाई ४–० ले, स्टोकले साउथह्याम्प्टनलाई २–१ ले र वेष्टह्यामले स्वान्सीलाई १ शुन्यले हरायो ।

वेष्टब्रोम र वार्टफोडले २–२ तथा बर्नमाउथ र लेस्टर सिटीले गोलरहित बराबरी खेले ।रु

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा