खेलकुद

म्यानचेस्टर सिटीको क्रिष्टल प्यालेसमाथि गोल बर्षा

काठमाडौं, २४ बैशाख । म्यानचेस्टर सिटीले शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिग फुटबलका लागि छनौट हुने सम्भावना बलियो बनाएको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ५–० को प्रभावशाली जित दर्ता गर्दै सम्भावना बलियो बनाएको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन डेविड सिल्भा, विन्सेन्ट कम्पनी, केविन डी ब्राउन, रहिम स्ट्रर्लिङ र निकोलस ओटामेन्डीले गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको सिटीले थप चार गोल दोस्रो हाफमा गरेको हो । दोस्रो मिनेटमा नै सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको सिटीका लागि ४९ औं मिनेटमा कम्पनीले गोल गरे । ५९ औं मिनेटमा डी ब्राउनले गोल गरेपछि सिटीले ३–० को अग्रता लियो । ८२ औं मिनेटमा स्टर्लिङले गोल गर्दै अग्रता ४–० मा पु¥याए । इन्जुरी समयमा ओटामेन्डीले गोल गरेपछि सिटी ५–० ले विजयी भयो ।

जितपछि तेस्रो स्थानमा उक्लिएको सिटीको लिगका तीन खेल बाँकी हुँदा ६९ अंक भएको छ । सिटी चौथो स्थानको लिभरपुलसँग अंक बराबरी भएपछि गोलअन्तरमा अघि छ । पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको चार खेल बाँकी हुँदा ६५ अंक छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा