खेलकुद

यमनविरुद्ध मैदान उत्रिँदै नेपाल

काठमाडौं, ३० जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज अपरान्ह घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्दैछ । समूह एफमा अंकबिहीन रहेको नेपालले आज यमनसँग हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा अपरान्ह ३ बजे प्रतिस्पर्धा गर्नेछ ।
यमनसँगको खेलको लागि अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीको घोषणा गरिसकेको छ । एन्फाले २३ सदसीय नेपाली टोलीको घोषणा सोमबार गरेको हो । र, आज हुने खेलमा नेपाल बलियो यमनलाई पराजित गर्दै अंक खोस्ने योजनाका साथ मैदान उत्रनेछ । नेपालले यमनसँग डिफेन्स र फरवार्ड लाइन बलियो बनाएर प्रस्तुत हुने कप्तान विराटले बताए ।
नेपाल यमनसँगको यसअघिका दुई भेटमा पराजित भएको छ । नेपाल पछिल्लोपटक सन् २०१४ मा दुबईमा भएको भएको मैत्रीपूर्ण खेलमा यमनसँग २ – ० ले पराजित भएको थियो । यस्तै फिफा वरियतामा पनि नेपाल यमनभन्दा ४५ औं स्थान तल छ । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक जापानिज ग्योतोकी कोजीले यमन बलियो भएपनि नेपालले भएका खेलाडीबाट सक्ने जति च्यालेन्ज दिने बताए ।

यमनसँगको खेलका लागी छनोट भएका नेपाली टोली
गोलरक्षकः
किरण कुमार लिम्बु
बिकेश कुथु
एलेन न्यौपाने
डिफेन्डरः
अनन्त तामाङ
बिराज महर्जन
आदित्य चौधरी
कमल श्रेष्ठ
जितेन्द्र कार्की
देबेन्द्र तामाङ
बिमल बस्नेत
दिनेश राजवंशी
मान बहादुर तामाङ

मिडफिल्डरः
बिशाल राई
हेमन गुरुङ
रोहित चन्द
अञ्जन बिष्ट
हेमन्त थापा मगर
सुजल श्रेष्ठ
सुमन लामा
राजेन्द्र रावल
सुनील बल

फरर्वाडः
बिमल घर्ति मगर
भरत खवास
नवयुग श्रेष्ठ
अनिल गुरुङ्ग

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा