खेलकुद

यमनकाे टोली नेपाल आइपुग्यो, हल्चोक मैदानमा भोलि भिडन्त

काठमाडौं, २९ जेठ । एसियन कप छनोट फुटबलअन्तर्गत नेपालको घरेलु मैदान हलचोकमा हुने नेपालसँगको खेलका लागी यमनकाे टोली आइतबार साँझ काठमाडौैं आइपुगेको छ । आगामी मंगलबार हुने खेलका लागी नेपालले २० सदस्यको टोली घोषणा गरी अभ्यास गरिरहेको छ ।

एएफसी एसियन कप २०१९ को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेल खेल्न यमनको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको हाे । नेपाल र यमनबीच जेठ ३० गते हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा दिउँसो ३ बजेबाट शुरु हुनेछ ।
खेल हेर्नका लागि इसेवाको वेवसाइटमार्फत तथा इसेवाका काउन्टरहरुबाट टिकट विक्री खुल्ला भइरहेकाे छ । एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो ।

यस्तै यमनले भने ताजकिस्तानलाई २–१ ले हराएको थियो । होम एण्ड अवेका आधारमा चल्ने छनोटअन्तर्गत नेपालले अब २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । त्यस्तै, नेपालले अर्को बर्षको १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्नेछन् ।

एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो ।

समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् । यही प्रतियोगिताका लागि नेपाली टोलीले केहि दिन अघि भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल समेत खेलेको थियो । खेलमा जित हात पार्ने दाउका साथ नेपाली टोलीले पछिल्लो दिनहरूमा दशरथ रंगशालाको घाँसे मैदानमा प्रशिक्षण गर्दै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा