खेलकुद

युएफा कपको उपाधिमा रियलको कब्जा

एजेन्सी, २५ साउन । यूएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ ।

मेसेडोनियाको फिलिप द्वितिय एरिनामा मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएर उपाधि जितेको हो ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेलको २४ औ मिनेटमा नै अग्रता लिएको थियो । खेलमा ६० प्रतिशत बढी मात्रामा बल आफ्नो नियन्त्रणमा राखेको मड्रिडले युनाइटेडमाथि दबाब राखेको थियो ।

युनाइटेडले आउदो आइतबार वेस्ट हाम युनाइटेडसग र मड्रिडले आउदो आइतबार नै स्पेनिस सुपर कपमा बार्सिलोनास“ग खेल्दै छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा