खेलकुद

युएफा च्याम्पियन्स लिगा बार्सिलोना विजयी

एजेन्सी, २ कार्तिक । युएफा च्याम्पियन्स लिग अन्र्तगत गएराती सम्पन्न खेलमा बार्सिलोना, पेरिस सेन्ट जर्मेन, बार्यन म्युनिख र म्यान्चेस्टर युनाईटेड बिजयी भएका छन् ।

च्याम्पियन्स लिगको समुह एको खेलमा इङ्गिलिस क्लब म्यान्चेस्टर युनाइटेडले पोर्चुगिज क्लब बेन्फिकालाई शुन्यका बिरुद्ध एक गोलले पराजित गरेको छ । खेलको दास्रो हाफको ६४औं मिनेटमा मार्कस रसफोर्डले गरेको गोल नै म्यान्चेस्टर युनाइटेका लागी विजयी गोल सावित भयो ।

त्यसैगरी गएराती नै सम्पन्न समुह बी अन्तर्गतको खेलमा बेल्जीयमको एन्डरलेक्टलाई फ्रेन्च क्लब पीएसजी ले चार शुन्य गोल अन्तरले हराएको छ भने स्कटल्याण्डको सेल्टिक पनि जर्मनीको बार्यनस“ग तीन शुन्य गोल अन्तरले पराजीत भएको छ ।

समुह सी अन्तर्गतको खेलमा भने चेल्सी र एएस रोमाले तीन तीन गोलको बराबरी खेल्दै अंक बाडेका छन् । समुह डी अन्तर्गतको खेलमा बार्सीलोनाले ओलम्पीयाकोस विरुद्ध तीन एक गोलको अन्तरले जित हात पार्दा युभेन्टसले भने स्पोर्टिङ लिस्बनलाई २ का विरुद्ध एक गोलले पराजित गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा