खेलकुद

युभेन्टस च्याम्पियन्स लिगको उपाधि नजिक

काठमाडौं, २७ बैशाख । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा जित हात पार्दै युभेन्टस फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २–१ ले हराउँदै समग्रमा ४–१ को जितसहित युभेन्टस उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा इटालिय सिरी ए क्लब युभेन्टसलाई जिताउन मारिओ मान्जुकी र डानी एल्भेसले गोल गरे ।फ्रेन्च लिग वान क्लब मोनाकोका लागि केलिएन एमबाप्पेले एक गोल फर्काए । युभेन्टसले दुवै गोल पहिलो हाफमा नै गरेको थियो ।

३३ औं मिनेटमा मान्जुकीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । ४४ औं मिनेटमा एल्भेसले गोल गर्दै अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा एमबाप्पेले मोनाकोका लागि एक गोल फर्काए । पहिलो लेगमा युभेन्टसले मोनाकोलाई उसकै मैदानमा २–० ले हराएको थियो ।

युभेन्टस पछिल्लो तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भएको हो । युभेन्टसले पछिल्लो पटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । सन् २०१५ मा फाइनलमा पुगेको युभेन्टस बार्सिलोनासँग ३–१ ले परातिज भएर उपविजेतामा सीमित भएको थियो ।

अब युभेन्टसले उपाधिका लागि आउँदो जुन ३ मा हुने फाइनलमा रियल मड्रिड वा एथ्लेटिको मड्रिडसँग खेल्ने छ । पहिलो लेगमा ३–० ले विजयी भएको रियल मड्रिड फाइनलमा पुग्ने सम्भावना बलियो छ । दोस्रो लेग बुधबार राति हुँदैछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा