खेलकुद

युभेन्ट्सको फाइनल यात्रा बलियो बन्दै, मोनाको २–० ले पराजित

काठमाडौं, २१ बैशाख । इटालियन सिरी ए क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा फ्रेन्च लिग वान क्लब मोनाकोलाई २–० ले हराउँदै युभेन्टसले फाइनल यात्रा बलियो बनाएको हो ।

फ्रान्सको मोनाकोस्थित लुइस द्धितिय मैदानमा सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा अर्जेन्टिनी स्ट्राइकर गोञ्जालो हिग्विनले २ निर्णायक गोल गरेका थिए । यसअघि च्याम्पियन्स लिगको नकआउट चरण अन्तर्गत पछिल्ला सात खेलमा गोल गर्न नसकेका हेगुइनले मोनाकोसँगको खेलमा दुई गोल गर्दै युभेन्टसलाई बलियो अवस्थामा पुर्‍याए । २९ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै हेगुइनले युभेन्टसलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको युभेन्टसका लागि ५९ औं मिनेटमा हेगुइनले व्यक्तिगत दोस्रो गोल गर्दै २–० को जित दिलाए ।

मोनाकोका लागि राडामेल फालकाओले गोल गर्ने सुन्दर मौका बनाएका थिए । तर उनी त्यसमा सफल हुन सकेनन् । यो जितसँगै युभेन्टस च्याम्पियन्स लिगको इतिहासमा तीन पटक सेमिफाइनलमा पुगेकोमा दोस्रो पटक फाइनल खेल्ने सम्भावना बलियो भएको छ । रियल मड्रिडले पहिलो लेगमा एथ्लेटिको मड्रिडलाई हराएकाले फाइनलमा रियल र युभेन्टसबिच भेट हुने सम्भावना छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा