खेलकुद

युरोपा लिग फुटबल प्रतियोगितामा इंगलिस क्लब आर्सनलको अग्रता कायमै

काठमाडौ,३ कात्तिक । इंगलिस क्लब आर्सनलले युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा शतप्रतिसत नतिजालाई कायम राखेको छ ।

लिग अन्तर्गत गएराती भएको समूह एच को खेलम सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई एक शुन्य गोल अन्तरले हराउँदै लगातार तेस्रो जित हासिल गरेको हो ।

क्लबलाई ३ अंक दिलाउन ओलिभर जिरुडले गरेको एक मात्र गोल निर्णायक बन्यो । जिरुडले ८५औँ मिनेटमा ओभरहेड किकमार्फत गोल गरेका थिए । त्यसअघि खेलको ८०औँ मिनटमा मिलान रोडिकले रातो कार्ड पाएपछि सर्वियन क्लब दश खेलाडीमा खुम्चिएको थियो । यता अर्को इंगलिस क्लब एभरटन भने फ्रान्सेली क्लब लियोनसंग दुई एक गोल अन्तरले पारजित भएको छ ।

लियोनका लागि नविल फकिर र बट्राण्ड ट्राओरले एक एक गोल गरे भने एभरटनका लागि एस्ले विलियम्सले गोल गरेका थिए । यसैगरी इटालियन क्लब एसी मिलान ग्रीक क्लब एईके एथेन्ससंग गोलरहित बराबरीमा रोकिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा