खेलकुद

यु १९ विश्वकप छनौटमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौ, १० साउन । नेपाल आईसीसी यू १९ विश्वकप छनोट खेलमा नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित भएको छ ।

चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानसँगको खेल हारेसँगै नेपालले यु १९ विश्वकप क्रिकेट खेल्ने सपना पुरा हुन सकेन ।

अफगानिस्तान भने अर्काे वर्ष न्यूजिल्याण्डमा हुने यू १९ विश्वकपमा स्थान बनाउन सफल भएको छ ।

सिंगापुरमा भएको खेलमा अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४०.६ ओभरमा ९९ रन जोड्दा अलआउट भएपछि ९६ रनले पराजित भएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रनको योगदान दिएपनि जीतका लागि पर्याप्त हुन सकेन ।

सन्दिप सुनारले ६ रन आशिफ शेख २ रन, अनिल साह ६ रन रोहित कुमार पौडेलले ३ रनमात्र बनाउन सके ।

पवन सर्राफले १० रन बनाउँदा प्रकाश केसीले १० रनमात्र बनाए । नेपालका कप्तान सन्दिप लामिछानेले २ र शाहव आलमले अविजित २ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका साहब आलमले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, कप्तान सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा