खेलकुद

यु–१९ विश्वकप छनौट– मलेसियालाई ५ विकेटलाई हराउँदै नेपाल विजयी

काठमाडौ, ९ साउन । आइसीसी यू १९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ ।

सिंगापुरमा भएको खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गरेको छ ।

नेपालका लागि रोहित कुमार पौडेलले ३४ रन बनाए भने ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए । नेपालले १० ओभरमा ३६ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो ।

टस हारेर ब्याटिङ गरेको मलेसियाले ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल मात्रै बनाउन सक्यो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा खेलका म्यान अफ द म्याचसमेत बनेका नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १३ रन खर्चिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा