खेलकुद

राष्ट्रपति रनिङ शिल्डको उपाधी सत्यवती माविलाई

तनहुँ, १७ फागुन । तनहुँमा सम्पन्न नवौं राष्ट्रपति रनिङ्ग शिल्ड विद्यालय खेलकुद प्रतियोगिता–२०७३ को उपाधी दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले प्राप्त गरेको छ ।
जिल्ला खेलकुद विकास समिति तनहुँले गत शुक्रबारदेखि दमौलीमा सञ्चालन गरेको प्रतियोगितामा सत्यवती विद्यालयले कुल २ सय १५ अंक प्राप्त गरी रनिङ्ग शिल्डको उपाधि हात पार्न सफल भएको हो ।
प्रतियोगितामा एथलेटिक्स तर्फ सत्यवतीका १३ जना खेलाडीले स्वर्ण पदक प्राप्त गरेका थिए भने ५ जनाले रजत पदक र ८ जनाले कास्य पदक प्राप्त गरेका छन । त्यसैगरी छात्रा भलिबल र छात्र कबड्डी तर्फ प्रथम स्थान हासिल गरी थप १८ स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए ।
सत्यवती माबीले प्रतियोगिताका २६ खेलहरु मध्ये २३ खेलहरुमा सहभागिता जनाएको थियो । प्रतियोगितामा निर्वाचन क्षेत्रबाट छनौट भएर आएका क्षेत्र नं. १ बाट ३६, क्षेत्र नं. २ बाट २३ र क्षेत्र नं. ३ बाट २४ वटा गरी ८३ विद्यालयका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा