खेलकुद

रियलमाथि म्यानचेष्टर सिटीको सानदार जित

एजेन्सी, १२ साउन । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस च्याम्पियन रियल मड्रिडमाथि शानदार जित दर्ता गरेको छ ।

युरोपियन च्याम्पियन पनि रहेको रियल मड्रिड अमेरिकाको लस एन्जल्समा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीसग ४–१ ले पराजित भएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा सिटीले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै चार गोल ग¥यो ।

सिटीका लागि ५२ औं मिनेटमा निकोलस ओटामेन्डी, ५९ औं मिनेटमा केविन डी ब्राउन, ६६ औं मिनेटमा जोन स्टोनस् र ८१ औं मिनेटमा ब्राहिम डिएजले गोल गरे । रियल मड्रिडका लागि ९० औं मिनेटमा अर्नाइज ओस्कारले एक गोल फर्काए ।

पहिलो हाफमा दुवै तर्फबाट गोल गर्ने राम्रो अवसर सिर्जना गरे पनि दुवै टिमका गोलरक्षक बाधक बनेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा