खेलकुद

रियल मड्रिडमाथि बार्सिलोनाको जित

एजेन्सी, १५ साउन । प्रि–सिजन एल क्लासिकोमा बार्सिलोना विजयी भएको छ ।

प्रि–सिजन भ्रमण अन्तर्गत अमेरिकामा रहेका स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाबिच आइतबार बिहान भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३ का विरुद्ध २ गोलले हराएको हो ।

तेस्रो मिनेटमा नै स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिना खेलेको रियल मड्रिडका लागि ३५ औं मिनेटमा एसेनसिओले गोल गरेपछि पहिलो हाफमा २–२ को बराबरी भयो । तर दोस्रो हाफमा बार्सिलोनाले एक गोल थप र्गयो । बार्सिलोनाका लागि ४९ औं मिनेटमा नेइमारको पासमा जेराड पिकेले गोल गरे ।

दोस्रो हाफमा रियल मड्रिडले गोल गर्ने केही राम्रा मौका खेर फालेपछि पराजित भयो । च्याम्पियन्स लिग तथा ला लिगा च्याम्पियन रियल मड्रिड एल–क्लासिकोमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिना नै खेलेको हो ।

बार्सिलोनाबाट भने पिएसजी जाने तयारीमा रहेको भनिएका नेइमार तथा लियोनल मेस्सी र लुइस स्वारेज पनि खेलेका थिए । रियलको टिममा रोनाल्डो नरहे पनि सर्जियो रामोस, ग्यारेथ बेल, करिम बेन्जिमा, मार्सेलो, कासमेइरोसहितका स्टार थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा